विधानसभा चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्रीसम्बन्धी कुरा गर्नु राजनीतिक अपरिपक्वता : उपेन्द्र कुशवाहा



एजेन्सी, भदौ ४ । राष्ट्रिय लोक मोर्चाका राष्ट्रिय अध्यक्ष उपेन्द्र कुशवाहाले बिहारमा विधानसभा चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्रीसम्बन्धी कुरा गर्नु राजनीतिक अपरिपक्वताको संकेत भएको बताएका छन ।

राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवको पछिल्लो अभिव्यक्ति प्रति कटाक्ष गर्दै कुशवाहाले यस्तो कटाक्ष गरेका हुन ।

तेजस्वी यादवले हालै एक जनसभामा “अर्को पटक राहुल गान्धीलाई प्रधानमन्त्री बनाउन काम गर्नेछौँ“ भन्ने अभिव्यक्ति दिएका थिए । सोही सन्दर्भमा कुशवाहाले भने, “बिहारमा विधानसभा चुनाव आउन लागेको छ र उनी प्रधानमन्त्रीको कुरा गर्दैछन् ? यो समयमा यस्तो कुरा पूर्णतः बेमानी हो।”

कुशवाहाले आरोप लगाउँदै भने, “नेताहरूले जनता भ्रमित गर्न खोजिरहेका छन्, तर वास्तविकता फरक छ । आज बिहारका नागरिक शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता विषयमा पीडित छन् । जब तत्काल विधानसभा चुनाव सामना गर्नुपर्ने बेला छ, त्यतिबेला प्रधानमन्त्री बनाउने कुरा गर्नु जिम्मेवार नेताको शैली होइन ।”

उनले थपे, “अब जनता भावनात्मक नाराबाट होइन, ठोस कामबाट प्रभावित हुन्छन्। यस्तो काल्पनिक सपना देखाएर मत पाउन खोज्नु बेकार हो।”

कुशवाहाले आगामी बिहार विधानसभा चुनावमा आफ्नो पार्टीले जनतालाई वास्तविक मुद्दा लिएर सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले विपक्षी दलहरूलाई पनि जनताको विश्वाससँग खेलबाड नगर्न चेतावनी दिए।

बिहारमा आगामी चुनावलाई लिएर राजनीतिक दलहरूले प्रचारप्रसार तीव्र बनाउँदै लगेका छन् । तर कुशवाहाले भनेको जस्तै, नागरिकहरूको प्राथमिकता शिक्षा, स्वास्थ्य, र रोजगारमै केन्द्रित रहेको देखिन्छ।

 

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधवार ०८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको