ऊर्जामन्त्री खड्काद्वारा ढल्केबर सवस्टेशनको निरीक्षण



जनकपुरधाम, भदौ ५ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढल्केवर सवस्टेशनको निरीक्षण गर्नुभएको छ ।

आज धनुषा पुग्नुभएका मन्त्री खड्काले देशकै सबैभन्दा ठूलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर सवस्टेशनको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा उहाँले सबस्टेशनबाट प्रवाह भइरहेको अन्तरदेशीय प्रसारण लाइनको अवस्थाबारेमा विस्तृत जानकारी लिनुभएको थियो ।

ऊर्जामन्त्री खड्काले प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक पहल गर्न निर्देशन दिनुभयो । उहाँले विद्युत् आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले ढल्केबर विद्युत् सबस्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई ध्यानमा राख्दै उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निरीक्षण भ्रमणमा नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव, ढल्केवर ग्रीड सबस्टेशनका प्रमुख सूर्यनारायण मण्डललगायतको सहभागिता थियो ।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहिवार २२:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको