जसपा नेपालको आन्दोलन चौथो दिन जारी

काठमाडौं सहित मधेशभरि प्रदर्शन


जनकपुरधाम, भदौ ५ । सरकारको योजनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गौर काण्डमा फँसाउन खोजेको भन्दै विरोधमा उत्रेको नेता कार्यकर्ताले आन्दोलनलाई चौथो दिन पनि निरन्तरता दिएको छ ।

गौर काण्डको विषयमा सर्वाेच्च अदालतले छानविन गर्न परमादेश जारी गरे लगतै आक्रोशित भएका जसपा नेपालका नेता कार्यकर्ताहरु काठमाडौं देखी मधेशका जिल्लाहरुमा आन्दोलनलाई निरन्तरता दिएको छ ।

समाजवादी महिला संघको आयोजनामा जसपा नेपालका नेता कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेको छ ।

भूमि विधेयकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले असहयोग गरेकै कारण उनलाई फँसाउन खोजेको भन्दै नेता कार्यकर्ताहरुले सरकार विरुद्ध नारावाजी गरेको छ ।

त्यसै मधेशको राजधानी जनकपुर, विरगंज, सिरहा, सप्तरी सहितको जिल्लाहरुमा समेत जसपा नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार १८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको