सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडकआयोजना र निर्माणकम्पनीप्रतिबद्ध



रामेछाप,भादौ ३। रामेछापबाटओखलढुङ्गा जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको कामनिर्माणव्यवसायीले अलपत्रपार्दा सो सडकमागुड्ने यातायात साधन र यात्रुले हैरानी खेपेको विषयलाई लिएर भएको छलफलमानिर्माणकम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धताजनाएको छ।

पुरानो संरचनाभत्काएर लथालिङ्गपारिदिँदा रामेछाप र ओखलढुङ्गाको लिखु किनार हुँदै काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमाकठिनाइभएको थियो। अवस्थागम्भीर बनेपछिजिल्लाप्रशासनकार्यालय रामेछापको अगुवाइमावाग्मतीप्रदेश सभाउद्योग, पर्यटनतथावातावरण समिति सभापतिआनन्दकुमार श्रेष्ठलगायतजनप्रतिनिधि, राजनीतिकदलका नेता, सडकआयोजनाकार्यालय, निर्माणकम्पनीकाप्रतिनिधितथा सरोकारवालाबीच बैठक बसेको हो। उक्त बैठकमानिर्माणकम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धताजनाएको प्रमुखजिल्लाअधिकारी श्यामकृष्णथापाले जानकारी दिए। यसअघिबुधबार सरोकारवालाले सो सडकको स्थलगतअनुगमन समेत गरेका थिए।

अनुगमनकाक्रममातत्कालअन्यकामगर्न नसके पनिनियमितयातायात सञ्चालनहुने व्यवस्थामिलाउनप्रमुखजिल्लाअधिकारी थापाले आयोजनाकार्यालय र निर्माणव्यवसायीलाई निर्देशनदिएकाथिए। प्रदेश सभाउद्योग, पर्यटनतथावातावरण समिति सभापतिआनन्दकुमार श्रेष्ठले समेत स्काभेटरलगायत मेसिन राखेर भएपनि सडकनियमित सञ्चालन गर्न आग्रह गरेका थिए ।

अनुगमनपछि बसेको बैठकले सडक स्तरोन्नतीको प्रगति, हालको अवस्था र समस्या समाधानकाउपायबारे छलफलभएको प्रमुखजिल्लाअधिकारी थापाले बताए। वर्षायाममा सडकहिलो भएर यात्रुवाहक बससहितअन्य सवारी साधनघण्टौँसम्मबाटोमै रोकिनुपर्ने, यातायात सञ्चालनमाकठिनाइहुने र आसपासकाबस्तीहरू जोखिममा पर्ने अवस्थाबारे बैठकमा सरोकारवालाले गम्भीर ध्यानाकर्षण गराएकाथिए।

बैठकले सडकअवरुद्धहुने स्थानतथा जोखिमपूर्ण भागमातत्काल मर्मत कार्य गर्न योजनाकार्यालय, निर्माणव्यवसायी र सरोकारवालाबीच समन्वय गरी व्यवस्थामिलाउने निर्णय गरेको छ। यस्तै, स्तरोन्नतीकार्यमा कुनै अवरोध हुननदिने, शान्ति सुरक्षा सम्बन्धीविषयमानिर्माणकम्पनी र आयोजनाव्यवस्थापनले सुरक्षानिकायसँग सहकार्य गर्ने र कार्यलाई गुणस्तरीय रूपमाअघिबढाउने निर्णय समेत बैठकमाभएको छ।

निर्माणकम्पनीले तोकिएको मापदण्डअनुसार गुणस्तर कायम गरी २०७९÷८० मा स्वीकृत संशोधित समयसीमाअनुसार २०८३ असार ९ भित्र सडक स्तरोन्नतीकार्य सम्पन्न गर्ने प्रतिबद्धताजनाएको छ। ढिलाइका कारणहालवर्षायाममायात्रुवाहकसहितका सवारी साधनघण्टौँसम्मअलपत्र पर्नु परेको, जोखिमपूर्ण अवस्थामायातायात सञ्चालनहुँदाजुनसुकै बेलादुर्घटनाहुने सम्भावना रहेको बैठकमा सरोकारवालाले बताएकाथिए। यस्तो अवस्था दोहोरिन नदिन सडकविभाग र भौतिकपूर्वाधार तथायातायातमन्त्रालयलाई आवश्यकव्यवस्थाकालागिपत्राचार गर्ने निर्णय समेत बैठकले गरेको छ।

भारतीयएक्जिमबैंकको सहयोगमानिर्माणभइरहेको उक्त सडकको ठेक्काभारतीयनिर्माणकम्पनी टेलिकम्युनिकेसन इण्डियालिमिटेड (टीसीआईएल)ले पाएको हो। सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र सक्नुपर्ने शर्तमा सम्झौता गरिएको थियो। सम्झौताअनुसार १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमानिर्माण सम्पन्न गर्नुपर्ने भएपनिनिर्धारित समयमाकाम सम्पन्ननभएपछि सोहीकम्पनीलाई फेरि १७महिनाको म्यादथपिएको छ।

निर्माणकम्पनीटीसीआईएलकाप्रतिनिधिडी.सी. शर्माले तत्कालयातायात सञ्चालनको समस्या समाधान गर्ने र तोकिएको समयमै काम सम्पन्न गर्ने गरी कार्य अघिबढाउने प्रतिबद्धताजनाएकाछन्।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहिवार १२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको