राहुल लोकतन्त्रको मजाक उडाउँदै छन् : गिरिराज सिंह



एजेन्सी
पटना, भदौ ६ । भारतका केन्द्रीय मन्त्री गिरिराज सिंहले कांग्रेस नेता राहुल गाँधी लोकतन्त्रको मजाक उडाउदै आएको आरोपय लगाएका छन । उनले विपक्षीको ‘भोट अधिकार यात्रा’लाई लक्षित गर्दै कांग्रेस पार्टीको नियतमाथि प्रश्न उठाएका छन् ।

सिंहका अनुसार, कांग्रेस पार्टीले करिब ६५ लाख नागरिकको नाम मतदाता सूचीबाट हटाएको घटना नै प्रमाण हो कि उनीहरूको उद्देश्य शुद्ध छैन । उनले व्यंग्य गर्दै भने– “यी मानिसहरू त मरेका मानिससँगै चिया खान्छन्, जसले चुनावी प्रक्रियालाई दूषित बनाएको छ।”

सिंहले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई तानाशाहको संज्ञा दिँदै उनले विपक्षी नेताहरूलाई सहन गर्न नसक्ने आरोप लगाए । उनका अनुसार, चुनावी संघर्ष गर्ने नेताहरूमाथि ममता सरकार कठोर हुन्छ र उनीहरूलाई दबाउने प्रवृत्ति देखिन्छ ।

सिंहले इतिहास खोतल्दै भने कि कांग्रेस पार्टी आफैँ इन्दिरा गान्धीको शासनकालमा चुनाव हारेपछि न्यायालयको आदेशको पालना गर्न असफल भएको थियो। “आज त्यही कांग्रेसले अरूलाई लोकतन्त्र सिकाउने अधिकार छैन,” सिंहको टिप्पणी थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको बिहार भ्रमणको प्रसंग उल्लेख गर्दै सिंहले भने कि प्रधानमन्त्री जुनसुकै समयमा बिहार आउँदा पनि राज्यको विकासका लागि ठोस कार्ययोजना ल्याउँछन् ।
उनका अनुसार, बिहारमा भएका सडक, बिजुली, उद्योग र आधारभूत संरचना सम्बन्धी परियोजनाले विकासलाई गति दिएको छ। उनले राहुल गाँधीलाई सुझाव दिँदै भने– “यदि बिहारको वास्तविक विकास देख्न चाहनुहुन्छ भने बेगुसराय र अन्य जिल्लाहरूको भ्रमण गर्नुहोस्, जहाँ प्रधानमन्त्री मोदी र मुख्यमन्त्री नीतिशकुमारको विकासकार्य प्रत्यक्ष देखिन्छ।”

मुख्यमन्त्री नीतिशकुमारले अल्पसंख्यक संवाद कार्यक्रममा टोपी नलगाएको विषयमा उठेका प्रश्नमा पनि सिंहले प्रतिक्रिया जनाए । उनले यसलाई सामान्य विषय ठहर गर्दै भने– “म आफैँ तिलक लगाउँछु, नीतिशकुमारले टोपी लगाउने वा नलगाउने भन्ने कुरा व्यक्तिगत स्वतन्त्रता हो।” यसरी उनले यो विवादलाई महत्व दिन नहुने तर्क प्रस्तुत गरे।

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रवार ०७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको