बक्यौता माग्दै किसानहरू उखु बोकेरै माइतीघरमा धर्नामा बसे, तस्बिरहरू



काठमाडौँ ,भादौ ८। बक्यौता माग्दै किसानहरू उखु बोकेरै राजधानीको माइतीघरमा धर्नामा बसेका छन् । प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै किसानहरू आइतबारदेखि धर्नामा बसेका हुन् ।

आर्थिक वर्ष ०८१र०८२ को उखुको बक्यौता भुक्तानी हुनुपर्ने उखु उत्पादक महासंघ नेपालको भनाइ छ ।



आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूको भनाइ छ ।अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू सांकेतिक रूपमा उखु बोकेरै माइतीघर मण्डलामा भेला भएका छन् ।

 

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १४:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको