दरभंगामा राहुलको ‘ भोटर अधिकार यात्रा ’लाई ठूलो झट्का, प्रशासनद्वारा कार्यक्रम स्थलमा परिवर्तन



एजेन्सी
दरभंगा, भदौ ९ । कांग्रेस नेता राहुल गान्धीको बहुचर्चित ‘ भोटर अधिकार यात्रा ’लाई दरभंगामा ठुलो झटका लागेको छ । चाँडै दरभंगामा प्रवेश गर्ने तयारीमा रहेको भोटर अधिकार यात्राको कार्यक्रम स्थल अन्तिम समयमा प्रशासनले परिवर्तन गरेको छ।

पहिले राहुल गान्धीको रात्री विश्राम स्थल जीवछघाट उच्च माध्यमिक विद्यालय परिसर तोकिएको थियो । तर प्रशासनले विद्यालयको पठन–पाठन प्रभावित हुने भन्दै अनुमति नदिएपछि, आयोजन समितिले अब फखरुद्दिन अली अहमद टिचर्स ट्रेनिङ कलेज परिसरलाई नयाँ स्थलका रूपमा चयन गरेको छ।

तय कार्यक्रमअनुसार राहुल गान्धी २६ अगस्ट साँझ ७ बजे दरभंगा आइपुग्नेछन्। उनी एनएच–२७ छेउमै रहेको टिचर्स ट्रेनिङ कलेज परिसरमा रात बिताउनेछन्। त्यसपछि २७ अगस्टको बिहान यात्रा यहींबाट अर्को चरणमा अघि बढ्नेछ।

यस यात्रामा कांग्रेस महासचिव प्रियंका गान्धी पनि सहभागी हुने सम्भावना छ। उनले सामाजिक सञ्जाल एक्स मार्फत दरभंगामा आफ्नो उपस्थितिको पुष्टि गरेकी छन्।
कार्यक्रम प्रभारी मदन मोहन झाले भने, “प्रशासनको आपत्तिपछि हामीले वैकल्पिक व्यवस्था गरिसकेका छौं। अब कलेज परिसर र नजिकैको खाली जग्गामा रात्री विश्राम र अन्य तयारी पूरा भइरहेको छ।“

 

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार ०८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको