उपराष्ट्रपति सुआनले आज पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने



काठमाडौं ,भादौ ९। नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज स्वदेश फिर्ता हुनु अघि पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने भएकी छन् ।

गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आन आज (सोमबार) पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने भएकी हुन् ।

उनी आज करिब २ : १५ बजे उपराष्ट्रपति भो थि आनलाई पाटनमा संस्कृति मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय सरकारका सम्बन्धित अधिकारीहरूहरुले स्वागत गर्ने छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विदाई उनलाई गर्नेछन् ।

 

 

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमवार १२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको