पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन



काठमाडौं ,भादौ १० । तीजको अवसरमा पशुपति मन्दिरमा मंगलबार दिउसोसम्म करिब डेढ लाख भक्तजनहरुले दर्शन गरेका छन् ।

मंगलबार पशुपति मन्दिरमा भित्र दर्शन गर्नेको संख्या करिब डेढ लाख भएको पशुपतिक्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभास चन्द्र जोशीले जानकारी दिए ।

उनले अझै भक्तजनको भीड बढ्दै गएको पनि जानकारी दिए । तीजका अवसरमा महादेवको पूजा हुने हुनाले महादेवका मन्दिरहरुमा भीड लाग्ने गर्दछ । यसै सन्दर्भमा पशुपति मन्दिरमा पनि भीड लागेको हो ।

 

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार १६:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको