तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं ,भादौ १०। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा १ लाख ९७ हजार २ सय रुपैयाँ थियो।

यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार १३:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको