प्रविधिको विकास भएसंगै परम्परागतपानीघट्ट हराउदै



बाजुरा,भादौ १० ।पछिल्लो समय जिल्लामा परम्परागत पानीघट्ट संकटमा पर्दै गएका छन् ।
प्रविधिको विकास भएसंगै परम्परागत पानीघट्ट हराउदै जान थालेकाहुन् । गाउँघरमा पिसानी सहजगर्नका लागी बनाइएका पानीको सहायताले चल्ने घट्टहरु अहिले लोपहुँदै गएकाछन् ।

मानिसहरु बिलासीजिवनमानिर्भर भएका कारणप्रविधिको सहायताले कुटानीपिसानीगर्न थालेपछीयस्ताप्रबिधि हराउनथालेकाहुन् ।पहिलेको जस्तो आजभोलीगाउँघरतिर पानी घट्ट बिस्तारै देखिनै छाडेकाछन् ।विभिन्नविद्युतीय सामग्रीआउनथालेपछियस्ताखालका परम्परागतप्रविधिहरु लोपोन्मुखअवस्थामाछन् ।

प्रविधिको विकास संगै बिभिन्नयन्त्रउपकणआउनथालेपछीमानिसहरुले झन्झटमानेर मिलमाअन्नकुटानीपिसानीगर्न थालेपछीयस्ताप्रविधिको अस्तित्व संकटमापर्दैगएको बडीमालिकानगरपालिका७ का घट्टचालककञ्जरे लुहारले बताए ।
पानीघट्टमा मेहेनत धेरै लाग्ने तर प्रविधिले बनाएकायन्त्रमाछिटोछरितो हुुने हुँदामानिसहरु कुटानी,पिसानीको लागीमिलकै भर पर्नेभएकाले पछिल्लो समयपानी घट्ट लोपहुदै गएको उनको भनाइछ ।

पहिले गाउँघर तिर धेरै घट्टहरु संञ्चालनमा रहे पनिविस्तारै प्रविधिको भर पर्दा बनाइएकाघट्टहरु पनि संकटमापर्न थालेको अर्का स्थानीयआदीचन्द्र पाध्यायले बताए ।प्रविधिको बिकाशले पानीघट्ट मात्रै नभई ढिकी,जातो,लगायतकाअन्यनिगालोबाटबन्ने प्रविधिहरु पनिबिस्तारै हराउनथालेको पाध्यायको भनाइछ।

पानीघट्टले पिसेकोे पिठोको परिकार खाँदाशरिर पनिहस्टपुष्टहुने, तागतलाग्नुका साथै घट्टमापिसेको अन्नको ढिँडो निकै राम्रो मानिन्थ्यो तर अहिले सबै विद्युतीयमिलको भर पर्नेहुँदा परम्परागतप्रविधिलोपन्मुखभएको प्रतीपुर्खाहरुको चिन्ताको बिषयबनेको छ ।

प्रविधिको विकाससँगै बिजुलीबाटचल्ने मिलमाअन्नपिस्नछिटो हुने,पानीघट्टमाजस्तो मेहेनतनलाग्ने भएकाले पानीघट्टप्रतिको आकर्षण घट्दै गएको हो ।जिल्लाका९ वटै पालिकामाप्रविधियुक्तमिलहरु सञ्चालनभएपछीपानीघट्ट लोपभएकाछन् ।परम्परागत सीपझल्किने पानी घट्ट लोपहुँदै जादायिनीहरुको अस्तित्व संकटमा परेको हो ।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार ११:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको