अचानक दिल्ली पुगे मुख्यमन्त्री नीतीश, सिट बाडफाटबारे छलफलको तयारी



एजेन्सी
पटना, भदौ ११ । बिहारका मुख्यमन्त्री नीतीश कुमार अचानक दिल्ली पुगेका छन । उनको यो दिल्ली भ्रमणले राजनीतिक हलचल बढाएको छ । उनी भोली विहीवार मात्र पटना फर्कने छन् । मुख्यमन्त्रीसँगै जेडीयूका कार्यकारी अध्यक्ष संजय झा र राष्ट्रिय अध्यक्ष ललन सिंहसमेत दिल्ली पुगेका छन ।

दिल्ली जाने कार्यक्रम अन्तिम समयमा तय भएको हो, जसका कारण राजनीतिक वृत्तमा चर्चा तीव्र बनेको छ। सूत्रका अनुसार नीतीश कुमारको भेट भारतीय जनता पार्टी (भाजपा) नेतृत्वसँग हुन सक्छ । यस क्रममा बिहार विधानसभा चुनावको रणनीति तथा सिट बाँडफाँटबारे छलफल हुने अपेक्षा गरिएको छ।

दिल्ली जानुअघि नीतीश कुमारले पटना स्थित आफ्नै निवासमा केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानसँग भेट गरेका थिए। राजनीतिक विश्लेषकहरू भन्छन् , मुख्यमन्त्रीले उपराष्ट्रपति चुनावसम्बन्धी विषयमा पनि भाजपाका शीर्ष नेताहरूसँग छलफल गर्नसक्छन् । सम्भावना छ कि उनी उपराष्ट्रपति पदका उम्मेदवारसँग पनि भेट्नेछन्।

यद्यपि, अहिलेसम्म नीतीश कुमार वा जेडीयू तर्फबाट यस भ्रमणको एजेन्डाबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यही कारण राजनीतिक अड्कलबाजी झनै बढेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको