राजविराज, भदौ ११ । जनता समाजवादी पार्टी नेपालका नेता दिपक कुमार यादव (टुटु बाबु) को निधन भएको छ ।
सप्तरीको महादेवा गाउँपालिका निवासी ७५ वर्षिय यादवको बुधवार उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारजनले जनाएको हो ।
महादेवा गाउँपालिकाको निर्वतमान अध्यक्ष एवं जसपा नेपालको केन्द्रिय सल्लाहकार समितीका सदस्य समेत रहेका उनी केही समय यता अवस्थ भई उपचारका लागी विराटनगर पुगेका थिए । उनको निधनले जसपा नेपालमा एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणिय क्षती पुगेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहद्वारा जारी शोक बकतव्यमा उल्लेख छ ।
उनको पार्थिव शरिर बुधवार नै गाउँमा ल्याइएको तथा घरमा धार्मिक संस्कार तथा अन्तिम श्रद्धाञ्जली लगायतका विधि सकाएर विहीवार अन्त्येष्टि कार्यक्रम गरिने छोरा अभिनवले जानकारी दिए ।
बुधवार नै जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले पनि शोक वक्तब्य जारी गर्दै यादवको निधनले पार्टीले एउटा अभिभावक गुमाएको जनाएको छ ।




