लन्डन, भदौ ११ । नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल सामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर आएको तर त्यसका लागि सहीनीति र नेतृत्व हुनु पर्ने बताएका छन् ।
हाल बेलायतको भ्रमणमा रहेका घिसिङले दक्षिण पूर्वी लन्डनमा आयोजित’ नेपालको उर्जा क्षेत्रका चुनौती र सम्भावना’ विषयक एक नीतिगत छलफलमा भाग लिंदै करिब एक दशक अघि नेपालमा दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोग्नु परेको तर संस्थागत सुधार, दक्षऊर्जा व्यवस्थापन, र सेवा प्रति प्रतिबद्धता बाट लोडसेडिङ अन्त्य गर्न सफलता मिलेको बताए ।
‘नेपालको विद्युत पहुँच ५६% बाट झण्डै १००% पुग्यो, र विद्युत प्राधिकरण घाटाबाट नाफामा पुगेको छ, जसले प्रसारण र उत्पादनमा फेरि लगानी गर्न सम्भव बनाएको छ । आज नेपाल भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्ने मुलुक बनेको छ र झण्डै शतप्रतिशत ऊर्जा नै स्वच्छ र नवीकरणीय स्रोतबाट प्राप्त भएको हो ।’
नेपालको जलविद्युत यात्रा ११५ वर्षअघि १९११ मा फर्पिङ जलविद्युत र १९३९ मा सुन्दरीजल जलविद्युत आयोजनाबाट ब्रिटिश सहयोगमै सुरु भएको उनले स्मरण गरे। । ‘आज ३,८०० मेगावाट भन्दा बढी स्थापित क्षमता र हजारौँ मेगावाट पाइपलाइनमा छन ्। हाम्रो लक्ष्य २०३५ सम्ममा २८,५०० मेगावाट पु¥याउने र त्यसमध्ये १५,००० मेगावाट निर्यातका लागि छुट्याउने हो’
‘भारत सँग दीर्घकालीन विद्युत व्यापार सम्झौता भइसकेको छ, बङ्गलादेशमा पनि निर्यात सुरु भइसकेको छ, जसले भुटान सहितको क्षेत्रीय ऊर्जा मार्ग खोलिरहेको छ । चीनसँग भविष्यमा जोड्ने सम्भावना पनि छ’ उनले भने ।
भारत र बङ्गलादेशलाई स्थिर र स्वच्छ बिजुली चाहिएकोले नेपाललाई क्षेत्रीयऊर्जा केन्द्र बन्ने अवसर दिएको घिसिङले बताए । हाम्रो जलविद्युतले सौर्य–निर्भर ग्रिडलाई सन्तुलन दिन सक्छ, उत्सर्जन घटाउन सक्छ, र विकासको लागि उत्प्रेरकको काम गर्दछ । नेपालले हरित हाइड्रोजनलाई भविष्यको ऊर्जा स्रोत र औद्योगिकप्रयोगका लागि पनि अध्ययन गरिरहेको पनि उनले जनाए ।
जलवायु परिवर्तनको चुनौतीसंग जुध्न नेपाललाई अन्तरराष्ट्रिय सहायता आवश्यक रहेको पनि उनले बताए ।
आफ्नो कार्यकाल चार महिना मात्रै बाँकी रहँदा अनपेक्षित रूपमा पदबाट हटाइएको प्रसङ्ग उल्लेख गर्दै घिसिङले यसले राजनीतिक अस्थिरता र जवाफदेहिताको कमी तर्फ इंगित गरेको बताए।
‘नेपालका युवाहरू परिवर्तन चाहन्छन ्। उनीहरूलाई परिणाम दिने नेतृत्व चाहन्छन् । यही कारण म उज्यालो नेपाल अभियान मार्फत आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छु ।’ उनले भने ।
कार्यक्रममा युसीएल इन्सटिच्युटअफ एजुकेशनका प्राध्यापक डा तेजेन्द्र फेरालीले शिक्षाका लागि विद्युतपूर्वाधार हो भन्दै लोडशेडिंग अन्त्य गर्न घिसिङको नेतृत्व र योगदानको प्रशंसा गरे।
उक्त अवसरमा विश्व चेसका ग्रयाण्ड मास्टर ७७ वर्षीय रेमण्डकीनले घिसिङलाई सम्मानपत्र तथा टोनीबुजन मेडल प्रदान गरे । कार्यक्रममा ब्रिटिश संसदको माथिल्लो सदन हाउस अफलड्र्सका सदस्य लर्ड रामी रेञ्जरको तर्फबाट उनका सहयोगी अत्ताहकले छोटो मन्तव्य राखेका थिए। पानस हेल्पिङ्गह्यान्डका सुजन कटुवालले सबैलाई धन्यवाद दिएका थिए ।




