सुनको मूल्यमा फेरी उच्च रेकर्ड



काठमाडौं,भादौ १२ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला१ लाख ९९ हजार ४ सय रुपैयाँकायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहिवार १२:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको