एजेन्सी, भदौ १२ । राज्यको कानून–व्यवस्था सम्हाल्ने नीतीश सरकारका होमगार्डहरु सासाराममा आफ्ना अधिकारको मागसहित सडकमा प्रदर्शनमा उत्रिएका छन् । प्रहरी सरहको पोशाकमा प्रदर्शन गर्दै उनीहरूले आम नागरिकको ध्यान तान्दै प्रशासनलाई समेत कठघरामा उभ्याएका छन्।
यो आन्दोलन बिहार रक्षा वाहिनी स्वयंसेवक संघको ब्यानरमा आयोजना गरिएको हो। प्रदर्शनमा सहभागी जवानहरूले राज्य सरकारले प्रतिबद्धता पुरा नगरेको आरोप लगाएका छन्।
उनिहरुले गत ६ डिसेम्बरमा सरकारले ५५% महँगी भत्ता, पोशाकका लागि विशेष भत्ता, हरेक महिनामा ५ दिन बिदा
दिने प्रतिबद्धता जनाएको आठ महिना बितिसक्दा पनि ती घोषणा कार्यान्वयनमा नआएको गुनासो गरेका छन ।
एक होमगार्ड जवानले भने, “हामीबाट अनुशासन, ड्युटी र राष्ट्रसेवाको अपेक्षा गरिन्छ तर हाम्रो अधिकारलाई बेवास्ता गरिन्छ । हामी पनि परिवार चलाउँछौं, महँगी सबैलाई असर गर्छ। सरकारको वाचा अझै पुरा भएको छैन।”
प्रदर्शनमा ठूलो संख्यामा होमगार्ड सहभागी भएका थिए। हातमा ब्यानर र प्लेकार्डसहित उनीहरूले आफ्ना मागबारे स्पष्ट जवाफ र समयबद्ध कार्यान्वयनको माग गरे। साथै, ज्ञापनपत्र बुझाउँदै चेतावनी दिए कि यदि माग पूरा भएन भने आन्दोलनलाई प्रदेशव्यापी बनाइनेछ।
होमगार्ड राज्यको सुरक्षा, आपतकालीन उद्धार र विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन्। यस्तो अवस्थामा असन्तोष बढ्दै जाँदा यसको सीधा असर कानून–व्यवस्थामै पर्न सक्ने संकेत देखिएको छ।




