ऋषिपञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली



काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषिपञ्चमी पर्वको अवसरमा शुभकामना दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र नभई संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरेको बताए ।
उनले लेखेका छन्,आज तीजको समापन, अर्थात् ऋषि पञ्चमी । हाम्रो समाजमा ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरिन्छ।

मातृत्वको सम्मान र नारी शक्तिको अपरिहार्यता व्यक्त गर्ने यस पर्वको अवसरमा सबै दिदीबहिनीहरूलाई आरोग्य र दीर्घायुको शुभकामना ।’

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहिवार १०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको