महोत्तरीको चान्दनी चोकमा चक्कु प्रहारबाट एकजना घाइते



जनकपुरधाम, भदौ १३ । महोत्तरीको पिपरा गाँउपालिका वडा नं. ५ चान्दनी चोकमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन ।

पिपरा गाँउपालिका वडा नं. ५सहोरवा बस्ने २७ वर्षीय राम अवतार रामको चक्कु प्रहार बाट सोही ठाँउका ३०वर्षीय सुरेन्द्र मुखिया घाइते भएका छन ।



दुबै जना बीच विवाद हुँदा रामले मुखियालाई पछाडी चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइते मुखियालाई उपचारको लागि जनकपुरधाम स्थित जानकी हेन्थ केयरमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

चक्कु प्रहार गर्ने रामलाई स्थानीय वासीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन । झगडाको कारण बारे अनुसन्धान भई रहेको जनाइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार १७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको