समानुपातिक समावेशीप्रणाली सबैभन्दा सस्तो प्रणालीहोःमन्त्री गुरुङ



काठमाडौं ,भादौ १३। सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समानुपातिक समावेशीप्रणालीले गर्दा नेपालमाअस्थिरताआएको बताएकाछन् ।

शुक्रबार काठमाडौंमा आयोजितआदिवासीजनजातिउत्थान राष्ट्रियप्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरुको लोकार्पण समारोहमाउनले समानुपातिक समावेशीप्रणालीको कारणअस्थिरताआएको उनीहरुको बुझाई रहेको भन्दै पार्टीका नेताहरु यो प्रणालीहटाउने कुरामाबढि केन्द्रीतभएको बताए ।

उनले भने, ‘पार्टीका नेता, सांसदहरु बोलेको सुन्नु हुन्छहोला, उहाँहरुले समानुपातिकप्रणालीहटाउनु पर्छ, भनेर कराइ रहेका छन् । तर अहिले सम्मपार्टीका नेता केपीओली, देउवाप्रचण्डउहाँहरुलाई के महशुस भईरहेको छ भने समानुपातिक समावेशीप्रणालीहटाउन सकिदैँन् अहिलेलाई त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा छ ।

संविधान संशोधनपनि यो कुरामाबढि केन्द्रीत छ । किनभने उनीहरुको बुझाई के छ भने संघीयताविरोधीहरु पनित्यहीबाटप्रवेश गरिरहेका छन् । यो समानुपातिक समावेशीप्रणालीआएको कारणले गर्दा नेपालमाकहिले पनिस्थिरतानहुने भयो, भन्छन् उनीहरु तर स्थिरताको लागिपूर्णसमानुपातिकमाजानु पर्छ भनेर किनभन्न सक्दैँनन् ।’

यस्तै, उनले स्थिरताभनेको निर्वाचनप्रणालीको मात्रकुरा नभई दलहरुको व्यवहारको कुरा पनिभएको भन्दै प्रणालीमा सुधार गर्नुभन्दाअगाडिदलहरुको कार्यशैलीमा सुधार आउनु पर्ने बताए ।

उनले भने, ‘स्थिरताभनेकोनिर्वाचनप्रणालीको कुरा मात्रहोईन दलहरुको व्यवहारको कुरा पनिहो । उनीहरुको कार्यशैलीले पनिहो, मिलेर काम गर्ने हो भने स्थिरताभई हाल्छ नि ।

प्रणालीमा सुधार गर्नुभन्दाअगाडिदलहरुको कार्यशैलीमा सुधार आउनु पर्छ । समानुपातिकप्रणालीको वकालतदलहरुले किनगर्दैनन् भन्दाउनीहरुको मानसिकतात्यहाँसम्मपुगेको छैन् होईन भने समानुपातिक समावेशीप्रणाली सबैभन्दा सस्तो प्रणालीहो ।’

 

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रवार १३:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको