काठमाडौं,भादौ १३ । नेपालीकांग्रेसकी सांसद नागिनायादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि गरेको अत्याचार र तोडफोडको विरोधमाआवाज उठाएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले महानगरको कार्यशैलीप्रतिआपत्तिजनाउँदै अदालतको आदेश विपरीत महानगरले कवाडीहरूमाथि गरेको कारबाहीअमानवीयभएको बताइन् ।
‘
यो देशमा सबै नागरिकले सम्मानजनकजीवनबाँच्ने अधिकार छ,’उनले भनिन्, ‘तर काठमाडौं महानगरले जुनव्यवहार कवाडीहरूमाथि गरिरहेको छ, त्यो अत्याचारपूर्ण र अपमानजनक छ।’
उनलेकेहीदिनदेखि काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहलनगर्नु दुःखद् विषयभएको बताइन् ।
‘सोमबारदेखि व्यवसायीहरू सडकमा छन्, वार्तामा बोलाएर उनीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रहगर्दछु,काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहलनगर्नु दुःखद् विषयहो ।’उनले भनिन् ।
यादवले कवाड व्यवसायीहरूमाथिभएको धनजनको क्षति र उत्पीडनको विषयमातत्काल छानबिन गरी पीडितलाई न्यायदिन सरकारसँग माग गरेकी छिन् ।




