काठमाडौँ,भादौ १४ । नेपाल ट्रक यातायातव्यवसायीमहासंघले शनिबार नवनियुक्तबागमतीप्रदेशकामुख्यमन्त्रीइन्द्रबहादुर बाँनिया, श्रम, रोजगार तथायातायातमन्त्री जयरामथापार सहकारी तथा गरिबीनिवारण मन्त्री बिनु रायमाझीपौडेललाई भेटेर बधाई ज्ञापन गरेको छ ।
महासंघको टोलीअध्यक्ष हिरालालश्रेष्ठको नेतृत्वमाबागमतीप्रदेश सरकारलाई बधाई तथा सफलकार्यकालको शुभकामनाव्यक्तगर्न पुगेको हो ।
कार्यक्रममामहासंघले यातायातमन्त्रीथापासमक्ष संघीयता लागू भएपछि पनिकतिपय ट्रकका नम्बर अझै अञ्चलगत प्रणालीअनुसार रहेकाले त्यसलाई प्रदेशगत प्रणालीमा रूपान्तरण गर्नआग्रह गरेको महासंघका महासचिवराजेन्द्र बिक्रमबानियाले जानकारी दिए ।
यसबाहेक, मुख्यमन्त्रीबाँनियासँग भेटगर्दैमहासंघले ट्रकप्रमिट लिनकालागिप्रदेशअनुसार फरक–फरक करदरले व्यवसायमा समस्याआएको बताएको छ ।
महासंघका अनुसार मधेशप्रदेशमा ट्रक प्रमिट लिन १० हजार रुपैयाँतिर्नुपर्नेमाबागमतीप्रदेशमा १५हजार रुपैयाँतिर्नुपर्नेहुँदाव्यवसायीहरू सस्तो हुने प्रदेशतर्फ आकर्षित हुने गरेको र यसले बागमतीप्रदेशको राजस्वमाकमील्याएको सुझावदिएको हो ।यसबारेमामुख्यमन्त्रीबानियाँले समस्या छिट्टै समाधानगर्नेआश्वासनदिएको महासचिवबाँनियाले बताए ।
त्यस्तै, महासंघले ट्रक तथायातायातक्षेत्रसँग सम्बन्धितकतिपयकानुन संशोधन गर्नुपर्नेमागपनि राखेको छ ।यसबारे मुख्यमन्त्रीबानियाले विस्तृत छलफलपछि आवश्यकप्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।




