बिहारमा बेलगाम अपराधी ! दिन–दहाडै हत्या, नीतीश सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न



एजेन्सी, भदौ १५ । बिहार रोहतास जिल्लाको सासारामस्थित शिवसागर थाना क्षेत्रअन्तर्गत चन्दवा गाउँमा भएको गोलीकाण्डले पुनः राज्यमा बढ्दो अपराध र सुरक्षा संयन्त्रको विफलता उजागर गरेको छ । घटनामा एक व्यक्तिको गोली हानी हत्या भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

पुलिसका अनुसार पुरानो दुश्मनीका कारण तीन बाइकमा आएका युवाहरूले गोली चलाएका थिए। गोली लागी जोखन साहको मृत्यु भएको छ भने कमलेश पासवान गम्भीर घाइते भएका छन्। अर्का युवक अनिल पनि सामान्य रूपमा घाइते भएका छन्।

घटनापछि स्थानीयले दुई हमलावरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। यस क्रममा भीडले दुवैजनालाई कुटपिट पनि गरेको बताइएको छ। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। सासाराम एसडीपीओ दिलीप कुमारका अनुसार घटनास्थलबाट अपराधीहरूको मोटरसाइकल बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा यो हत्या पुरानो रंजिशकै कारण भएको अनुमान गरिएको छ।

यस किसिमका घटनाहरू लगातार भइरहेपछि फेरि पनि नीतीश सरकारको कानून–व्यवस्थामाथि गम्भीर प्रश्न उठेका छन्। अपराधीहरू बेलगाम बन्दै गएको भन्दै जनतामा त्रास फैलिएको छ। विपक्षी दलहरूले प्रश्न उठाएका छन्, “अन्ततः राज्य सरकारले कहिले सुरक्षा संयन्त्रमा सुधार गर्छ ? के बिहार प्रहरी आफ्नो जिम्मेवारी पूरा गर्न असक्षम छ ? कि अपराधीहरूले नै राज्यमा खुलमखुला भयको वातावरण सिर्जना गरिरहेका छन् ?”

प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको