सुनचाँदी को मूल्यमा नयाँ रेकर्ड कायम



काठमाडौं,भादौ १६  । नेपाली बजारमा आज (सोमबार) सुनचाँदी को मूल्य ले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: २०८२ भाद्र १६, सोमवार ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको