सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभामा पेस



काठमाडौँ ,भादौ १७। राष्ट्रियसभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस भएको छ ।

समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन् ।



विधेयक आजै पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी छ । प्रतिनिधिसभाको असार १५ गतेको बैठकले विधेयक पारित गरेर राष्ट्रियसभामा पठाएको थियो ।

राष्ट्रियसभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिले दफावार छलफल गरी सर्वसम्मतिबाट पारित गरेर सभामा पेस गरिएको हो ।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार १६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको