आज पनि बढ्यो सुनको मूल्य



काठमाडौं ,भदौ १७ । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीकोमूल्य पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार ११:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको