नेप्से निरन्तर घट्दो, कारोबार रकमा भने सामान्य सुधार



काठमाडौं,भादौ १८ । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको छ । यसअघि मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो ।

यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२६ स्टकको ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.१६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंक घटेको छ ।

यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ७.०३ प्रतिशतले बढेर प्रतिकित्ता ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, एनएमबी हाइब्रिड फन्डको शेयर मूल्य प्रतिकित्ता ३.२७ प्रतिशतले बढेर ९.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

 

प्रकाशित मिति: २०८२ भाद्र १८, बुधवार १५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको