प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान



काठमाडौं,भादौ १८  । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सक्काएर स्वदेश प्रस्थान गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किन लागेका हुन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले  (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता समेत गरेका थिए ।

प्रकाशित मिति: २०८२ भाद्र १८, बुधवार १६:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको