काठमाडौं ,भादमै १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकाललेराजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावनाखोजिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानकापवित्रशब्दहरु र तिशब्दहरुका मर्म र भावनाअनुसार यो लोकतन्त्रलाई उन्नतलोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमाआफ्नो दल दृढ रहेको बताएकाहुन् ।
उनले भने, ‘हामी संस्कारमा सम्भावनाखोजिरहेका छौं । हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावनाखोजिरहेका छौं । हामी संविधानकातिपवित्रशब्दहरु र तिशब्दहरुका मर्म र भावनाहरु अनुसार यो लोकतन्त्रलाई उन्नतलोकतन्त्र कसरी बनाउन सकिन्छ, यो लोकतन्त्रलाई सुदृढ लोकतन्त्रबनाउनहाम्रो दल दृढ छ ।’
साथै, उनलेभिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध आन्दोलितहुँदै गर्दा सत्तापक्षले सुन्दै नसुनि ९५ दिनप्रतिवादमाखर्च गरिरहेको बताए ।
उनले विरोधकाआवाजहरुलाई दमन गरेर सदनभित्रसिर्जनात्मक बहस गर्ने आफूहरुमाथि सदनमानसकेर बाहिर डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको बताए ।
‘हामीविगत ९५ दिनदेखीआन्दोलनरत छौं । भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध हामीआन्दोलितहुँदै गर्दा सत्तापक्षले सुन्दैन । सत्तापक्षकामाननियज्यूहरुले हामीले बोलेको दुई मिनेटका लागि यो ९५ दिन घण्टै समय प्रतिवादमाखर्च गरिरहनु भएको छ ।
अराजकशैलीसँगमिथ्याआरोपहरु हामीमाथिलगाइराख्नु भएको छ । यो सदनभित्रसिर्जनात्मक बहस गर्ने हामीहरुमाथि यो सदनभित्रनसकेर हाम्रा नेताहरुको डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको छ । म यो शैली, चरित्रको निन्दा गर्न चाहन्छु । विरोधकाआवाजहरुलाई दमन गरेर यो शैलीले लोकतन्त्रबलियो बन्न सक्दैन ।’




