चुनावी मैदानमा उपेन्द्र कुशवाहा, पटनामा रैली गर्दै



एजेन्सी
पटना, भदौ १९ । राष्ट्रिय लोक मोर्चाका अध्यक्ष तथा राज्यसभा सांसद उपेन्द्र कुशवाहा बिहार विधानसभाको चुनावी मैदानमा उत्रिएका छन । दलहरुले चुनावी तैयारी तीब्र पारेका बेला उपेन्द्र कुशवाहाले ५ सेप्टेम्बरमा पटना स्थित मिलर ग्राउण्डमा विशाल ¥याली गर्ने घोषणा गरेका छन ्।
उक्त ¥यालीलाई उनले ‘संवैधानिक अधिकार एवं परिसीमन सुधार ¥याली’ नाम दिएका छन्। कुशवाहाले यसलाई चुनावी कार्यक्रम नभई जनताको अधिकार र जनसंख्या आधारित प्रतिनिधित्वको पुनःस्थापनाको अभियान भनेका छन्।

कुशवाहाले भने, “यदि समयमै जनगणना र परिसीमन भएको भए आज बिहारलाई लोकसभामा ६० सिट मिल्थ्यो। तर गत ५० वर्षदेखि यो संविधानसम्मत प्रक्रिया ठप्प पारिएको छ।”
यसका लागि उनले कांग्रेसलाई दोषी ठहराउँदै भने, “कांग्रेस नेतृत्वको पूर्ववर्ती केन्द्र सरकारले जानाजानी परिसीमन हुन दिएन। त्यसैको परिणामस्वरूप बिहारका जनता पर्याप्त राजनीतिक प्रतिनिधित्वबाट वञ्चित छन्।”

कुशवाहाले ५ सेप्टेम्बरलाई ऐतिहासिक दिनको रुपमा चित्रित गर्दै भने, “यो दिन दुई कारणले विशेष छ — शिक्षक दिवस र शहीद जगदेव प्रसादको बलिदान दिवस। यस्तो दिनमा ¥याली गर्नु केवल प्रतीकात्मक होइन, संघर्षको घोषणा पनि हो।” उनले दाबी गरे, “मिलर स्कूल ग्राउण्डमा यति ठूलो ¥याली पहिले कहिल्यै भएको छैन।”

विपक्षी दलहरूलाई आक्रमण गर्दै उनले भने, “राहुल गान्धी र महागठबन्धनका यात्राहरू केवल हो–हल्ला र प्रदर्शनका लागि हुन्छन्, त्यहाँ कुनै ठोस समाधान हुँदैन। हाम्रो पार्टी भने जनतालाई शोरगुल होइन, मुद्दा र समाधानसहित अगाडि ल्याउँछ।”

कुशवाहाले यस आन्दोलनलाई अब पटना वा बिहारमा मात्र सीमित नराखी राष्ट्रिय स्तरमा लैजाने घोषणा गरे। उनले भने, “यो अभियानलाई हामी देशव्यापी बनाउँछौं, ताकि हरेक राज्यका जनताले वास्तविक प्रतिनिधित्व पाउन सकून्।”
उनले यसअघि बिक्रमगंज, मुजफ्फरपुर र गया मा ¥याली भइसकेको जानकारी दिंदै भने, “अब पटना बाट यो आन्दोलनलाई नयाँ दिशा दिनेछौं।”

प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार ०७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको