सुनको मूल्य तोलामा २५ सयले बढ्यो



काठमाडौं,भादौ २० । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारसुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रवार १२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको