‘औपनिवेशिक रणनीति अपनाउँदै ट्रम्प’, अमेरिकी राष्ट्रपति माथि पुतिनको प्रहार



एजेन्सी , भदौ २० । रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत र चीनप्रति बनाइरहेको नीतिमाथि कडा आपत्ति जनाएका छन् । उनले शक्तिशाली अर्थतन्त्र भएका यी देशहरूमाथि दबाब सिर्जना गर्न “औपनिवेशिक रणनीति” अपनाएको भन्दै आलोचना गरेका हुन्।

चीन भ्रमणको अन्तिम दिन बीजिङमा पत्रकारहरूसँग कुरा गर्दै पुतिनले भने, “भारत र चीन शक्तिशाली अर्थतन्त्र भएका देशहरू हुन्, जसको जनसंख्या धेरै छ । तिनका आफ्नै राजनीतिक प्रणाली र कानुन छन् । इतिहासमा यी देशहरूले उपनिवेशवाद र सार्वभौमिकतामाथि आक्रमणको सामना गरिसकेका छन् । त्यसैले यी मुलुकमाथि दण्डको भाषा बोल्नु अस्वीकार्य छ।”

पुतिनले थपे, “औपनिवेशिक काल समाप्त भइसकेको छ। ट्रम्पले बुझ्नुपर्छ कि आजको परिस्थितिमा साझेदार राष्ट्रसँग यस्तो व्यवहार गर्नु सम्भव छैन। यदि कुनै नेता कमजोर देखियो भने उसको राजनीतिक करियर समाप्त हुन सक्छ। यही कारणले उनीहरूको व्यवहार प्रभावित हुन्छ।”
पुतिनले ट्रम्पको समझमाथि नै प्रश्न उठाउँदै भने, “साझेदार मुलुकहरूको नेतृत्व र इतिहास बुझ्न नसक्नु गम्भीर कमजोरी हो।”

ट्रम्पले हालै भारतलाई रुसी तेल खरिद गर्ने विषयमा निशाना बनाएका थिए। उनले भारतमाथि ५० प्रतिशत ट्यारिफ तोकेका छन्। चीनप्रति सुरुमा १४५ प्रतिशत ट्यारिफ लगाएका थिए, तर पछि अन्तरिम सम्झौता गर्दै त्यसलाई घटाएर ३० प्रतिशतमा झारेका थिए।

प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रवार ०८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको