सरकारको कमीकमजोरी देखाउने र आलोचनागर्ने छुट सबैलाई छ : अर्थमन्त्री



काठमाडौं ,भादौ २१ । अर्थमन्त्री विष्णु पौडेलले संचारमाध्यमएवम संचारकर्मीहरुलाई सरकारको कमीकमजोरी हरुको आलोचनागर्नेपूर्ण छुट रहेको बताएका छन् ।

शनिबार काठमाडौंमाआयोजितनेपालआर्थिक पत्रकार समाज(सेजन)को २७औं वार्षिक साधारण सभातथाअधिवेशनमाउनले सेजनलाई सरकारको प्रसंशाहोइन, सरकारले गरेको कमीकमजोरीहरुको आलोचना गर्ने पनि छुट भएको भन्दै त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोग गर्न पनिआग्रह गरेका छन् ।

उनले भने, ‘सेजनले देशको अर्थतन्त्रको विकासमा, समय सन्दर्भसँगजोडिएर विषयहरुमा छलफल गर्नुहुन्छ । बजेटका बेलामावात्यस्तै महत्वपूर्ण विषयमाछलफल गर्नुहुन्छ ।साथै छलफल र अन्तरक्रियाआयोजना गरेर जस्तो किसिमको प्रतिक्रिया दिनुहुन्छ त्यो निरन्तरतादिनुहुन्छ भन्ने अपेक्षागर्न चाहन्छु ।तपाईहरुले सरकारको प्रसंशाहोइन, सरकारले गरेको कमीकमजोरीहरुको आलोचनागर्नेपनि छुट छ । त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोगगर्न सक्नुहुन्छ ।’

सोहीक्रममानेपालउद्योग वाणिज्य महासंघको अध्यक्षचन्द्र ढकालले सरकारको आलोचना गरेर मात्रहोइन सरकारसँग सहकार्य गरेर पनिनीजिक्षेत्रको माग पूरा हुनसक्ने कुरामहासंघले स्थापना गरेको बताएका छन् ।

उनले भने, ‘सेजनले आर्थिक गतिविधि बढाउने र निजीक्षेत्र प्रवद्र्धन गर्नेहिसाबले काम गर्नु भएको छ ।दुई वर्ष अगाडि नेपालको अर्थतन्त्रको जुनभयावहअवस्थाथियो त्यो अवस्थाबाट बाहिर आउनकालागिनेपालउद्योग वाणिज्य महासंघले पहिलो पटक सरकारसँग सहकार्य गरेको थियो ।त्यो बेला नै सरकारको आलोचना गरेर मात्रहोइन सरकारसँग सहकार्य गरेर पनिनिजीक्षेत्रको माग पूरा हुनसक्ने कुराको स्थापना गरेकाथियौं ।’
नेपालमा सबै कानूनहरु हुँदापनिकार्यान्वयन सहीतरिकालेनभएकाकारणले पनि सरकारले खोजेको जस्तो परिणाम नआएको पनिउनको भनाइछ ।

नेपालचम्बर अफकमर्शको अध्यक्षकमलेशअग्रवालले अर्थतन्त्रकाकेही सूचक सकारात्मकदेखिएपनिनिजीक्षेत्रलगानीमा धेरै आकर्षित हुननसकेको बताए ।

प्रकाशित मिति: २०८२ भाद्र २१, शनिवार १२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको