काठमाडौं,भादौ २२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी पुस्ताको विरोध ¥यालीमा सहभागी बनेर बाठो नबन्न नेता/अभियन्ताहरूलाई आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले जेनजीहरूको विरोध -यालीलाई समर्थन जनाउँदै आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न र उनीहरुलाई बुझ्नआग्रह गरेका छन् ।
‘भोलिको -याली स्पष्ट स्वतस्फूर्त रूपमा जेनजीको हो । उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ। जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ।
भोलि यो स्वतस्फूर्त ¥यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीका कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ। प्रिय जेनजी भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?,’ बालेनले फेसबुकमा लेखेका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र मौलाउँदो भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले भोलि (सोमबार) देशव्यापी रुपमा स्वतस्फूर्त विरोध गर्ने तयारी गरेका छन् ।




