एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीले जवाफ दिने



काठमाडौँ , भदौ २२ । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ ।

ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।



उनको अनुसार आज ८ बजेदेखि विधानमहाधिवेशनको बन्दसत्रसुरु भएको छ । उनले बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्ने र त्यसको जवाफ पार्टी अध्यक्षले दिने समेत कार्यसूची रहेको बताए ।

उनले भने,‘आजदेखि ८ बजे देखि बन्दसत्र आह्वान भएको छ । बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूह नेताहरुले आफ्नो प्रस्तुति राख्नु हुनेछ । ति प्रस्तुतिहरुपछि पार्टी अध्यक्षले त्यसको जवाफ दिने छन्,’ उनले भने, ‘ र कुनै मुद्दामा विवाद भएमा त्यसमा निर्णयार्थ प्रस्तुत गरेर एउटा प्रक्रियाबाट निष्कर्षमा पुर्याउने काम हुन्छ । त्यसपछि समसामयिक घटनाक्रममा आधारित भएर केही महत्वपूर्ण प्रस्तावहरु पारित भएपछि अधिवेशन समाप्त हुन्छ ।’

महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

हिजो दोस्रो दिन केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्पकँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेपछि समूहगत छलफल थालेका हुन् । प्रतिनिधिलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको छ।

 

प्रकाशित मिति: २०८२ भाद्र २२, आईतवार ०९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको