जेएनजी आन्दोलन : संसद् भवन परिसरमा भेला हुन थाले युवा



काठमाडौँ, भदौ २४ । नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थालेका छन् । अहिले उनीहरुले कुनै ब्यानर बोकेका छैनन् । हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ । युवाको पक्षमा स्वस्फूर्त आएको हुँ, एकजना युवाले भने ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । जेन–जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन्  भने सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको