सिरहा मा प्रहरी कार्यालयमा आगजनी



सिरहा,,भादौ २४ । सिरहा को इलाका प्रहरी कार्यालय गोलबजारमा आगजानी र तोडफोड गरिएको छ । देशभर प्रदर्शन गरिरहेका युवाले लगाएको आगजानीबाट भवन पूर्णरुपमा जलेको छ ।

यसअघि एमालेका सांसद लिलानाथ श्रेष्ठ र गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको घरमा आगजनी र तोडफोड गरिएको थियो ।

प्रदर्शनकारीहरुले लहान नगरपालिकाको भवनमा आगजनी गरेका छन् भने लहानको इलाका प्रशासन, मालपोत, नापी कार्यालयमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिनको लागि प्रहरीले २० राउण्ड हवाइ फायर समेत गरेको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १४:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको