प्रदर्शनकारीले गरे पुरातत्व विभागको संरक्षण, भने( यो हाम्रो इतिहास हो



काठमाडौं ,भादौ २४। प्रदर्शनकारीहरूले रामशाह पथमा रहेको पुरातत्व विभागको संरक्षण गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्व विभागको भने संरक्षण गरेका छन् ।

‘यो हाम्रो इतिहास हो, इतिहासको संरक्षण गरौं’ भन्ने प्लेकार्ड बोकेर पुरातत्व विभाग परिसरमा उभिएर उनीहरूले संरक्षणका लागि आह्वान गरेका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको