जिल्ला प्रशासन कार्यालयसहित प्रदेश सभा र कृषि मन्त्रालयमा आगजनी



जनकपुर ,भादौ २४ । देशभर आन्दोलन गरिरहेका युवाहरुले मधेश प्रदेशको प्रदेश सभा, मधेश प्रदेशको कृषि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनुषामा तोडफोडसहित आगजनी गरेका छन् ।

मंगलबार प्रदर्शनकारी युवाहरुले धनुषास्थित मधेश प्रदेशको प्रदेश सभा, मधेश प्रदेशको कृषि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनुषामा तोडफोडसहित आगजनी गरेका हुन् ।

यसअघि सोमबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ जना युवाको मृत्यु भएपछि देशभर आक्रोशित आन्दोलन तीव्र बनेको छ ।

सरकारको मौनता, दमनको शैली, र नागरिकको आवाजलाई दबाउने प्रयासप्रति असन्तुष्ट जनाउँदै युवा पुस्ता सडकमा उत्रिएका छन् ।

राजनीतिक नेतृत्व र सत्तारूढ दलका शीर्ष नेताहरूको घर तथा कार्यालयहरू प्रदर्शनकारीहरूको निशानामा परिरहेका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको