काठमाडौं, भदौ २५ । जेनजी आन्दोलनको नाउमा लुटपाट र अगाजानीको घटनामा तीब्रता आएपछि देशभरि नेपाली सेना परिचालन गरिएको छ । सरकार प्रमुखले राजिनामा गरि सकेको र नयाँ राजनीतिक आयाम शुरु भइ सकेको अवस्थामा शान्तिपूर्ण माध्यमबाट निकास खोज्न आग्रह गर्दै धनजनको सुरक्षाको लागि सेना परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।
गए राति १० बजे देखी नै सुरक्षा कमाण्ड नेपाली सेनाले लिएको छ । राति देखी नै महत्वपूर्ण स्थानहरुमा सेनापरिचालन भइ सकेको छ ।
राजधानी काठमाण्डौका अतिरिक्त देशका सबै प्रमुख शहरहरुमा सेनाले गस्ती शुरु गरेको छ ।
यसै बीch सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।
आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।




