नेपाल काठमाडौं मात्रै होइन भन्दै हर्कको चेतावनी



काठमाडौ, भदौ २५ । धरानका उप–महानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन् ।

काठमाडौंमा राजनीतिक निकासका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्तामो कुरा चलिरहेको बेला बुधबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले उक्त चेतावनी दिएका हुन् ।

‘नेपाल काठमाण्डौँ मात्रै होइन, जेन–जी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू,’ उनले लेखेका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार हुने औपचारिक वार्ताको तयारी स्वरुप प्रधानसेनापति अशोक सिग्देलले मध्यराति केही जेनजी प्रतिनिधिलाई जंगीअड्डा बोलाएका थिए ।

 

प्रकाशित मिति: २०८२ भाद्र २५, बुधवार ०८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको