संविधान खारेज होइन पुनर्लेखन, अहिले अन्तरिम सरकार : सुदन गुरुङ



काठमाण्डौ, भदौ २६ । हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेन–जीको संविधान खारेज नभई पुनर्लेखन मात्र रहेको बताएका छन ।
उनले संसद विघटन गरेर पूर्वप्रधानन्यायधिश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउनुपर्ने माग जेन–जीको रहेकोस्पष्ट पारेका छन ।
‘अन्तरिम सरकार हो । संविधान चाहिन्छ, खारेज नगर्ने । अरुले हस्तक्षेप हुन्छ । तर संविधान संशोधन हुनुपर्छ,’ उनले भने।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने र राम्रो व्यक्तिलाई मन्त्री बनाउने उनले बताए। ‘पहिलो फिमेल प्रधानमन्त्री । नेपालीले इतिहास रचेको हो,’ उनले भने।

आफूहरुले प्रधानमन्त्री नखोजेको पनि उनले बताए। ‘सरकार हामीलाई चाहिएको होइन । सरकारमा जादैनौं । चाहिएको भए प्रधानमन्त्री मलाइ भन्थे होला नि, होइन । हामीले परिर्वतन खोजेको हो । अब कुर्सीमा पुगेपछि घमण्ड नहोस् । अब हरेक नेपालीको आवाज सुनिन्छ,’ उनले भने।

जेनजीको आन्दोलमा दमन गर्नेलाई नछोड्न् पनि उनले चेतावनी दिए। ‘परिवर्तन गर्दा गोली खाने देश हाम्रो ? हामीले मागेको सुशान त थियो । त्यति माग्दा गोली खानुपर्ने ?,’ उनले प्रश्न गरे। पार्टीहरुलाई उनले बुढा नेता नभइ नयाँ युवाले नेतृत्व गर्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति: २०८२ भाद्र २६, बिहिवार १८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको