त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द



काठमाडौं ,भादौ  २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ ।

विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।

असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्‍याउन भीआईपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले बतायो ।

‘यसबाट अवस्था सामान्यीकरण गर्न सहज हुनेछ,’ स्रोतले भन्यो ।

आज विमानस्थलबाट नियमित उडानरअवतरण भइरहेका छन् ।

 

प्रकाशित मिति: २०८२ भाद्र २६, बिहिवार १४:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको