रौतहटमा निषेधाज्ञा र कर्फ्यु आदेश पुनः थप



ओम प्रकाश यादव
रौतहट, भदौ २७ । रौतहटमा पुनः निषेधाज्ञा र कर्फ्यू आदेश थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार बिहानै देखि शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।

आज बिहान प्रमुख जिल्ला अधिकारी विनोध कुमार खड्काले एक सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।

अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्मको समय तोकिएको छ ।

जेनजी आन्दोलनपछि जिल्लाको शान्ति सुरक्षा भंग भई अमानवीय घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले केहीदिन देखि निरन्तर कर्फ्यू र निषेधाज्ञा जारी गर्दै आएको छ।

आन्दोलनका कारण शान्ति सुरक्षामा चुनौती थपिएकोले जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ २४ गतेदेखि नै जिल्लामा कर्फ्यू र निषेधाज्ञा जारी गर्दै आएको छ।

निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति सुरक्षामा असर हुने कुनै पनि कार्य नगर्न नगराउन र एकठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने प्रमुख जिल्ला अधिकारी सीडीओ विनोद कुमार खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रवार १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको