प्रथम महिला प्रधानमन्त्रीको रुपमा सुशीलाको सपथ



जनकपुरधाम, भदौ २७ । प्रथम महिला प्रधानमन्त्रीको रुपमा पूर्व प्रधानान्यायाधिश सुशिला कार्की सपथ लिएकी छन ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले काकीलाई संविधानको धारा ६१ बमोजिम ६ महिना भित्र प्रतिनिधिसभाको निर्वाचन गराउने गरि अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका हुन ।

जेनजी आन्दोलनका कारण केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि आन्दोलनकारीहरुको नेतृत्व गर्दै कार्की प्रधानमन्त्री नियुक्त भएका हुन ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मुख्यसचिव एकनारायण, सरकारी उच्च पदस्थ कर्मचारी, जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।

कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति बिहीवार राति नै भएपनि संसद विघटनको विषयमा सहमति हुनु नसकेपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया लम्बिएको थियो । कार्कीले पहिले संसद विटनको हुनु पर्ने अडान लिएकी थिइन भने राष्ट्रपतिले संसद विघटन हुन नहुने पक्षमा अडान लिएका थिए ।

राष्ट्रपतिले सोझै संसद विघटन गर्न नसक्ने उनको तर्क थियो । तर लामो छलफल पछि पहिले प्रधानमन्त्री नियुक्त हुने र नयाँ मन्त्रीपरिषदले संसद विघटनको सिफारिस गर्ने सहमति बनेको थियो ।

मन्त्रिपरिषदको पहिलो बैठकले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले संसद विघटन गर्ने जनाइएको छ।
सपथ लगतै नवनियुक्त प्रधानमन्त्री कार्की सिंहदवार स्थित नयाँ व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालय पुगी पदभार ग्रहण समेत गरेकी छिन ।

अब केही बेरमै पहिलो बैठक बसेर संसद विघटनको सिफारि गर्ने तैयारी भइ रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २७, शुक्रवार २१:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको