काठमाडौं, भदौ २८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति , प्रगति र समृद्धि प्रति भारत पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिदै मोदीले यस्तो प्रतिबद्धता जनाएका हुन ।
उनले आफ्नो एक्स अकाउन्टमा नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ ।’
यसअघि भारतको विदेश मन्त्रालयले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा नयाँ सरकार गठनको स्वागत गरेको हो । कार्की नेतृत्वको अन्तरिम सरकारले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्ने भारतको विश्वास छ ।




