सात सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं ,भादौ  २९ । नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २९, आइतवार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको