जनकपुरधाम, भदौ २९ । मधेश सरकार का मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजिनामा दिन नमानेपछि जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश कुमार यादवले प्रदेश प्रमुखलाई पत्र लेखेर मुख्यमन्त्री लगायत मन्त्रीहरुलाई फिर्ता बोलाउदै सरकारबाट बाहिरिएको हो ।
जेनजी आन्दोलनको चर्किदै गर्दा जनमतका अध्यक्ष सिके राउतको दवावमा मुख्यमन्त्री सिंहले फेसबुक मार्फत राजिनामा दिएको थियो । तर आन्दोलन सेलाउदै गएपछि शनिवार मुख्यमन्त्री सिंहले अरुलाई मुख्यमन्त्री बनाउन किन राजिनामा दिने भने पछि समाजिक संजालमा दिनभरि ट्रोल भएको थियो ।
समाजिक संजालमा मुख्यमन्त्री सिंह र जनमतपार्टीको व्यापक आलोचलना भएपछि जनमत नेतृत्वले मुख्यमन्त्रीलाई औपचारिक राजिनामा दिन निर्देशन दिएका थिए ।
पार्टीको निर्देशनलाई मुख्यमन्त्री सिंहले अटेर गरेपछि बाध्यभए संसदीय दलले समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई बुझाएको स्रोतले जनाएको छ ।
सरकार प्रमुखको दललले समर्थन फिर्ता लिनु बिरलै घटना हुन्छ । सरकार प्रमुखले राजिनामा दिए स्वतः सरकार विघटन हुन्छ । तर मुख्यमन्त्रीले राजिनामा दिनै नमाने पछि बाध्य भएर समर्थन फिर्ताको पत्र लेख्नु परेको स्रोत बताउछन ।
जनमत पार्टी शनिवार अवेर प्रदेश प्रमुखलाई पत्र पठाएका कारण प्रदेश प्रमुख कार्यालयबाट उक्त पत्र सम्बन्धमा कुनै औपचारिक जानकारी प्राप्त भएको छैन ।




