पहिलो महिला महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त



काठमाडौं , भदौ २९। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गरेका थिए ।

यो सँगै मुलुकले पहिलोपटक महिला महान्याधिवक्ता पाएको छ । यसअघि अहिलेसम्म महान्यायाधिवक्तामा महिलाको प्रतिनिधित्व भएको थियो ।

प्रधानमन्त्री कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी थिइन् । उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् ।

उनै कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गरेकी छिन् ।

प्रकाशित मिति: २०८२ भाद्र २९, आइतवार १९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको