श्रीनगर एग्रोटेक को आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन म्याद थप



काठमाडौं ,भादौ  ३०। श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिने व्यवस्था गरेको हो ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्कासनको अनुमति मिलेको छ । यसमध्ये १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका बासिन्दाका लागि छुट्याइएको छ, जहाँ न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

स्थानिय बासिन्दाले नबिल, एनएमबी र ग्लोबल आइएमई बैंकका तानसेन र पाल्पा शाखाबाट आवेदन दिन सक्नेछन् । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओको दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि ३० लाख ९९ हजार ३७५ कित्ता सेयर जारी गर्नेछ ।

प्रकाशित मिति: २०८२ भाद्र ३०, सोमवार ११:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको