अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी



काठमाडौं,भादौ  ३० । नवनियुक्त मन्त्री ओमप्रकाश अर्याललाई दुई वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।



सोमबार अर्यालसँगै नवनियुक्त मन्त्रीहरू कुलमान घिसिङ र रामेश्वर खनालले शपथ लिएका छन् ।

घिसिङलाई ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ३०, सोमबार १३:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको